उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन : उपराष्ट्रपति राम सहाय यादव बिरामी भएपछि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
हर्नियाको शल्यक्रिया गर्नका लागि उपराष्ट्रपति यादव अस्पताल भर्ना भएको उनका निजी चिकित्सक डा शिवजी सिलवालले जानकारी दिए । उपराष्ट्रपति यादवले सरकारी अस्पतालमा आफनो शल्यक्रिया गर्ने आशय देखाएपछि मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको पनि उनले जानकारी दिए ।
उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियाको समस्याबाट पीडित थिए ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा