नेपाल क्यान्सर अस्पतालमा अक्टोबर महिनाभर म्यामोग्राममा ५० प्रतिशत छुट

हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा स्तन क्यान्सर सचेतना महिनाको अवसर पारेर स्तन क्यान्सर स्क्रिनिङमा भारी छुट प्रदान गरेको छ ।
यो महिनाभर अस्पतालमा म्यामोग्राम गर्दा ५० प्रतिशत, ओपीडी तथा डाक्टर कन्सलटेसनमा ५० प्रतिशत तथा स्तन अल्ट्रासाउन्डमा १५ प्रतिशत छुट दिने जनाइएको छ । अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाका रुपमा लिने गरिन्छ । सुरुमै पत्ता लागेर उपचार गरेमा स्तन क्यान्सर निको हुन्छ ।
त्यसैले ३० वर्ष पुगेकाले कम्तीमा वर्षमा एकपटक स्तन क्यान्सर स्क्रिनिङ गर्न अस्पतालले आग्रह गरेको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा