अस्पतालकाे शय्याबाट प्रधानमन्त्रीकाे सन्देश, ‘चाँडै फर्किन्छु’
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि सबैलार्इ धन्यवाद दिएका छन्।
मंगलबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू अस्पताल भर्ना भएको बताएका छन्। आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको समेत उनले बताएका छन् ।चिकित्सकहरुले आफूलाई छिट्टै ‘डिस्चार्ज’ हुने जानकारी गराएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रूपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ। यस प्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोधसमेत गर्दछु’, उनकाे विज्ञप्तिमा उल्लेख छ।
ओली सोमबार बिहान शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनको छातीमा संक्रमण देखिएको र शरीरमा चिनीको मात्र असन्तुलित देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
हेर्नुहाेस् विज्ञप्ति–






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण