Health TV Online
Health TV Online
Health TV Online

नेपाल चिकित्सक संघको चौंथो नेशनल हेल्थ समिट मंसिर २८ र २९ मा हुने

नेपाल चिकित्सक संघको चौंथो नेशनल हेल्थ समिट मंसिर २८ र २९ मा हुने

हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघ एनएमए को चौथो नेशनल हेल्थ समिट आगामी २८ र २९ मंसिरमा हुने भएको छ ।

एनएमएले बुधबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव डा सन्जिब तिवारीले ‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मुख्य सन्देश सहित काठमाडौंको बबरमहलमा रहेको कार्की व्यांकेटमा दुई दिने सम्मेलन हुने जानकारी दिए।

नेपाल चिकित्सक संघले प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा आयोजना गर्दै आएको एनएमए नेसनल हेल्थ समिटलाई यस वर्ष पनि निरन्तरता दिने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम यस वर्षको चौथो सम्मेलनगर्न लागिएको जनाइएको छ । डा तिवारीका अनुसार सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विविन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुनका लागि एकीकृत रणनीति बनाउने गरी तय गर्ने योजना बनाइएको छ।

उक्त कार्यक्रम विषय विज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्ष मार्फत सैद्धान्तिक बहससहित आयोजना हुन गईरहेको उनले जानकारी दिए।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा