मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा प्रदीप ज्ञवाली नियुक्त
हेल्थ टिभी अनलाइन : हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन् ।
बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले डा ज्ञवालीलाई ४ वर्षको कार्यकालका लागि प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि प्रतिष्ठानको उपकुलपति पदमा प्राडा विश्वराज जोशी थिए । उनको चार वर्षे कार्यकाल १५ साउनमा सकिएको थियो । महाराजगंजस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा सहप्राध्यापकको रुपमा कार्यरत डा ज्ञवाली यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण