Health TV Online
Health TV Online
Health TV Online

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा प्रदीप ज्ञवाली नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा प्रदीप ज्ञवाली नियुक्त

हेल्थ टिभी अनलाइन : हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन् ।

बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले डा ज्ञवालीलाई ४ वर्षको कार्यकालका लागि प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि प्रतिष्ठानको उपकुलपति पदमा प्राडा विश्वराज जोशी थिए । उनको चार वर्षे कार्यकाल १५ साउनमा सकिएको थियो । महाराजगंजस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा सहप्राध्यापकको रुपमा कार्यरत डा ज्ञवाली यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा