बाढी पहिरोमा परी सयभन्दा बढीको मृत्यु, ६८ जना बेपत्ता
हेल्थ टिभी अनलाइन : बिहिबारदेखिकाे भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ११२ जना व्यक्तिको मृत्यु भएको छ ।
यसैगरी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।
शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको पनि जनाइएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण