मृत्युको दोस्रो कारक बन्दै मस्तिष्काघात
काठमाडौं : ‘सहयोग’ भन्ने नारासाथ विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइएकाे छ।
मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ।
मस्तिष्कfघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा. राजु पौडेल मस्तिष्काघातका बारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्याए बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्न सकिने बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक दुई सेकेण्डमा एकजना मस्तिष्कघातबाट पीडित हुने र दश सेकेण्डमा एकको मृत्यु यही कारण हुन्छ। हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्काघातबाट प्रभावित हुन्छन्। विश्वमा ६० लाखको मृत्यु त यही कारण हुन्छ।
शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बाङ्गिनु, हात वा गोडामा कमजोरी, बोली लरबरिनु लगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउँछन्। ‘यीमध्ये कुनै लक्षण देखिएमा चार घण्टाभित्र अस्पतालमा पुर्याउन सकिएमस्तिष्कघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ’,डा. पौडेल भन्छन्।
एक अध्ययन अनुसार नेपालमा मस्तिष्काघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव) का कारण भएको पाइएको थियो, तर विकसित देशमा रक्तश्रावबाट कमै मात्रमा मस्तिष्काघात हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक दुई सेकेण्डमा एकजना मस्तिष्काघातबाट पीडित हुने र दश सेकेण्डमा एकको मृत्यु यही कारण हुन्छ।
मृत्युको दोस्रो कारकका रूपमा यसलाई लिइन्छ। ६ मध्ये एकलाई मस्तिष्काघात हुनसक्ने अध्ययनले देखाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’