कम विकसित राष्ट्रहरुमा एएमआरको समस्या बढी, सहयोग र सहकार्य बढाउन डब्लुएचओ क्षेत्रीय निर्देशक साइमा वाजेदको आग्रह

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को क्षेत्रीय निर्देशक डा साइमा वाजेदले कम तथा अति कम विकसित देशहरुमा एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढी भएकाले यी देशहरुमा सहयोग र सहकार्य बढाउन आवश्यक रहेको बताएकी छिन् ।
डा वाजेदले संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा एएमआरको उच्चस्तरीय बैठकअघि आयोजना गरिएको साइड इभेन्टलाई सम्बोधन गर्दै एएमआरको समस्याबाट कम विकसित देश बढी प्रभावित भएकाले मिलेर काम गर्न र यी देशहरुलाई इग्नोर गरेर अघि नबढ्न आग्रह गरेकी हुन् । उनले भनिन, ‘एएमआरको समस्या सबैतिर छ, यो अब इन्भीजिबल रहेन तर विकसित देशमा भन्दा कम तथा मध्य आय भएका देशमा यसको समस्या बढी देखिएको छ । त्यसैले यी देशहरुलाई सँगसँगै कसरी सहयोग गर्न सकिन्छ, सो गर्न जरुरी छ ।’
उनले एएमआरको समस्या सम्बोधन गर्न एउटा मात्र सेक्टरले नसक्ने भन्दै मल्टी सेक्टोरल अप्रोचबाट यसलाई सम्बोधन गरिनुपर्ने समेत जनाइन । उनले ह्युमन हेल्थसँगै एनिमल हेल्थ, फुड तथा इन्भारामेन्टलाई पनि सँगैसँगै लिएर जानपर्नेमा जोड दिइन् ।
महासभामा एएमआरको उच्चस्तरीय बैठक आज हुने कार्यक्रम रहेको छ । जसमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा