नेत्रज्योति संघका अध्यक्ष प्राडा पन्त आईएपिबिको बोर्ड अफ ट्रस्टीमा निर्वाचित
हेल्थ टिभी अनलाइन : नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्त International Agency for the Prevention of Blindness(IAPB) को बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन् ।
अनलाईन मार्फत भएको मतदानको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । आईएपिबिका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वभरीका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको आईएपिबिले अन्तराष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आईरहेको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक संघहरू र कर्पोरेट संस्थाहरू समेत आईएपिबिका सदस्य रहेका छन् ।
नेपाल नेत्रज्योति संघ विगत एक दशकभन्दा लामो समयदेखि आईएपिबिको सदस्य रहँदै आएको छ । संघ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैर नाफामुलक संस्थाको रुपमा २०३५ साल चैत्र १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।
संघ नेपालको एक मात्र यस्तो संस्था हो जसले नेपालका कुल ७७ जिल्लाहरू मध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
हाल संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू संचालनमा छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’