Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

हेल्थ टिभी अनलाइन : बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्यमा अन्तर्राष्ट्रिय सम्मेलन यही असाेज १५ र १६ गते काठमाडौंमा हुन लागेको हो ।

बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य विश्वव्यापी सार्वजनिक स्वास्थ्यको एक महत्वपूर्ण तर धेरै नै उपेक्षित पक्ष भएकाले यसको महत्वलाई उजागर गर्नका लागि सम्मेलन गर्न लागिएको आयोजकको भनाई छ । पछिल्लो समय युवाहरु मा मानसिक स्वास्थ्य समस्याको बढ्दो व्यापकताले यो समस्या सम्बोधन गर्नको लागी एकजुट हुने प्रयास स्वरुप उक्त सम्मेलन हुन लागेको हो । यस सम्मेलनमा २५० भन्दा बढी विज्ञहरुको उपस्थिती रहनेछ । बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनले विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उद्देश्य राख्दछ ।

बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्क CAMHSAN सन्‌ २०२३ मा दक्षिण एशियामा बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्न स्थापना गरिएको थियो । जसका अध्यक्ष बाल मानसिक रोग विशेषज्ञ डा अरुण राज कुँवर हुन। जुन संस्था यस सम्मेलनको प्रमुख आयोजक पनि हो । डा कुँवरले बालबालिका तथा किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै यसको समाधानका लागि सबै मिलेर के कस्ता कार्यक्रम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गर्न लागेको बताए ।

सम्मेलनमा पाकिस्तान, भारत, माल्दिभ्स, श्रीलंका, भुटान,अफगानिस्तान, बंगलादेश, चीन लगायतका देशहरुबाट बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था र व्यक्तिहरू समावेश हुनेछन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार