नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन : सेप्टेम्बर महिनालाई ब्लड क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । सोही अवसर पारेर नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले एक दिने रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
अस्पतालको हेमाटोलोजी युनिटको नेतृत्वमा उक्त रक्तदान कार्यक्रम भएको हो । सो कार्यक्रममा अस्पतालका कर्मचारी, बिरामीका आफन्त तथा स्थानीयले रक्तदान गरेका थिए ।
रक्त क्यान्सरका बिरामीका लागि नभइ नहुने रगत दान गरेका व्यक्तिहरुलाई अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले धन्यवादसहित प्रमाणपत्र प्रदान गरेकी थिइन ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा