संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क जाँदै, एन्टीमाइक्रोबियल रेसिस्टेन्सको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने
हेल्थ टिभी अनलाइन : संयुक्त राष्ट्र संघ (यूएन) को ७९ औं महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क जाने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलसहित आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो क्रममा ओलीले विश्व स्वास्थ्य संगठनले १० औं जनस्वास्वास्थ्य चुनौतीका रुपमा लिएका एन्टीमाइक्रोबियल रेसिस्टेन्सकाबारेमा पनि यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा उच्चस्तरीय बैठकलाई सम्बोधन राख्दै सरकार प्रमुखका हैसियतमा प्रतिवद्धता जनाउने छन् । महासभाको यस वर्षको नारा ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ रहेको छ।
एन्टीमाइक्रोबयिल रेसिस्टेन्सलाई कम गर्नका लागि नेपालले के के गर्न सक्छ भन्ने विषयमा प्रधानन्त्री ओलीले आफना कुराहरु राख्नेछन् । यसका साथै सन् २०३० सम्म एन्टीमाएक्रोबियल रेसिस्टेन्सलाई कति प्रतिशतले कम गर्न सकिन्छ ? मृत्यु दरलाई कति प्रतिशतले कम गर्न सकिन्छ भन्ने विषयमा पनि संयुक्त रुपमा प्रतिवद्धता जनाउनुपर्नेछ । उच्चस्तरीय राजनैतिक प्रतिवद्धताका आधारमा मात्र त्यसका लागि भावी योजनाहरु तय हुने भएकाले उच्चस्तरीय बैठकलाई गम्भीर तरिकाले हेर्ने गरिन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’