अबदेखि गंगालाल अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण नि:शुल्क हुने
हेल्थ टिभी अनलाइन : अबदेखि शहीद गंगालाल राष्ट्रिय ह्दयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निशल्क हुने भएको छ ।
देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहितको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता भएको हो ।
मंगलबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् र सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार अबदेखि सबै राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निशुल्क हुनेछ । कार्यक्रममा पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोबर्धनको स्वास्थ्य परीक्षण गरेर निशुल्क परीक्षणको सुरुवात गरिएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’