फिजियोथेरापी दिवसमा नेपाल क्यान्सर अस्पतालको अन्तरक्रिया कार्यक्रम
हेल्थ टिभी अनलाइन : विश्व फिजियोथेरापी दिवसको अवसर पारेर नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अस्पतालको फिजियोथेरापी युनिटले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा अस्पतालको फिजियोथेरापी युनिट प्रमुख तथा फिजियोथेरापिस्ट राजेन्द्र खत्रीले हाडजोर्नी मात्र नभएर हरेक रोगमा छिटाे निको हुनका लागि फिजियोथेरापीको महत्व भए जस्तै क्यान्सर रोगमा पनि यो रोगलाई जित्नका लागि र पुरानै अवस्थामा आउनका लागि फिजियोथेरापी अत्यन्त आवश्यक रहेको जिकीर गरे । उनले अझ शल्यक्रिया गरीसकेका बिरामीलाई त फिजियोथेरापीले पहिलेकै अवस्थामा आउन निकै मद्दत गर्ने बताए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरे लगायतले फिजियोथेरापीको महत्वकाबारेमा आफना भनाई राखेका थिए । हरेक वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाउने गरिन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण