एन्टीमाइक्रोबियल रेसिस्टेन्सकाे हाइ लेबल मिटिङबारे ग्लोबल मिडिया ब्रिफिङ

हेल्थ टिभी अनलाइन : एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी हाइ लेबल मिटिङबारे मिडिया ब्रिफिङ हुने भएको छ । ग्लोबल एएमआर मिडिया अलायन्सको मुख्य आयोजनामा यही सेप्टेम्बर ११ मा भर्चुअल माध्यमबाट उक्त मिडिया ब्रिफिङ हुन लागेको हो ।
यही सेप्टेम्बरको २६ तारिखमा अमेरिकाको न्यूयोर्कमा विश्वभरिका नेताहरू उपस्थित हुने संयुक्त राष्ट्रसङ्घको महासभामा यस वर्ष एन्टीमाइक्रोबियल रेसिस्टेन्सको उच्च स्तरीय बैठक हुँदैछ । जसमा प्रत्येक देशमा प्रमुखहरु सहभागी हुनेछन् । जनस्वास्थ्यको प्रमुख चुनौतीका रुपमा देखा पर्न थालेको एएमआर यो वर्षको ७९ औं महासभामा छलफल हुने प्रमुख विषयवस्तु बनेको छ । उक्त बैठकको पूर्व सन्ध्यामा एएमआर विज्ञहरुसँग महासभामा के कस्ता विषयमा छलफल हुँदैछ , के कुरा उठान गर्न जरुरी छ र कुन कुन क्षेत्रमा समस्या छ र समाधान कसरी गर्न सकिन्छ भन्ने जानकारी लिन र सो कुरा सम्बन्धित निकायसम्म पुगोस भन्ने उद्धेस्यले मिडिया छलफल गर्न लागिएको हो । जसमा धेरै देशका पत्रकार, विज्ञ, तथा एएमआर अभियन्ताहरु सहभागी हुनेछन् ।
उक्त हाइ लेबल मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठन, फुड एण्ड एग्रीकल्चर अर्गनाइजेशन युनाइटेड नेसन्स, (फएओ), युनाइटेड नेसन्स एन्भारामेन्ट प्रोग्राम लगायतका विज्ञहरुले आफनो प्रस्तुती दिनेछन् । साथै एएमआर सर्भाइभरले पनि आफनो अनुभव साट्नेछन ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्स यस्तो समस्या हो जहाँ एन्टीबायोटिकको बढी, तथा कम प्रयोग तथा जथाभावी र गलत प्रयोगका कारण एक समय एन्टीबायोटिकले कामै गर्न छोडेर समस्या पैदा गर्ने मात्र होइन, रोग जटिल बनाएर मृत्युको मुखसम्म पुराउने गर्छ । सोही अवस्थालाई एन्टीमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ । विश्व स्वास्थ्य संगठनले यो समस्यालाई अहिले विश्वको १० प्रमुख जनस्वास्थ्य समस्यामा राखेको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा