तीज पर्व सुरु, आज दर खाने दिन

हेल्थ टिभी अनलाइन : यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ । हरितालिका तीजको अघिल्लो दिन आज घर घरमा दर (विशेष प्रकारको खाना) खाएर मनाइँदैछ । दरखाने दिनमा छोरी, चेलीबेटीलाई बोलाएर मिठो परिकार बनाएर खुवाउने र खाने चलन छ ।
तीजको दिन निराहार व्रत बस्ने हुँदा महिलाले दर खाने दिनमा पोषिलो तथा आडिलो खानेकुरा बनाएर खाने प्रचलन परापूर्व कालदेखि चल्दै आएको छ । दर खाने दिनमा विशेष गरी दूधबाट बनेका परिकार खीर, दही, पनिर, मिठाई, घिउ हालेको खट्टे खाने चलन छ । अझ दर सकेसम्म ढिलो गरी खाइन्छ ताकी भोलिपल्ट निराहार व्रत बस्न आडिलो र सजिलो होस भनेर । यही चलनलाई नै दर खाने दिन भनिन्छ । तर पछिल्लो समय भने माछा मासु, सेलरोटी, पुरी, विभिन्न थरीका अचार तथा अन्य परिकार पनि समावेश गरेर खाने गरेको पाइन्छ ।
वर्षमा एकपटक आउने महिलाहरुको लागि विशेष पर्वको रुपमा रहेको तीजमा दीदीबैनी, चेलीबेटी माइतीघरमा जम्मा भएर मिठा मिठा खानेकुरा खाने, आफना सुख दुखका कुराहरु साटासाट गर्ने, गित गाउने, नाच्ने गर्छन । यस पर्वलाई मेलमिलापको पर्व पनि भनिन्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा