तीज पर्व सुरु, आज दर खाने दिन
हेल्थ टिभी अनलाइन : यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ । हरितालिका तीजको अघिल्लो दिन आज घर घरमा दर (विशेष प्रकारको खाना) खाएर मनाइँदैछ । दरखाने दिनमा छोरी, चेलीबेटीलाई बोलाएर मिठो परिकार बनाएर खुवाउने र खाने चलन छ ।
तीजको दिन निराहार व्रत बस्ने हुँदा महिलाले दर खाने दिनमा पोषिलो तथा आडिलो खानेकुरा बनाएर खाने प्रचलन परापूर्व कालदेखि चल्दै आएको छ । दर खाने दिनमा विशेष गरी दूधबाट बनेका परिकार खीर, दही, पनिर, मिठाई, घिउ हालेको खट्टे खाने चलन छ । अझ दर सकेसम्म ढिलो गरी खाइन्छ ताकी भोलिपल्ट निराहार व्रत बस्न आडिलो र सजिलो होस भनेर । यही चलनलाई नै दर खाने दिन भनिन्छ । तर पछिल्लो समय भने माछा मासु, सेलरोटी, पुरी, विभिन्न थरीका अचार तथा अन्य परिकार पनि समावेश गरेर खाने गरेको पाइन्छ ।
वर्षमा एकपटक आउने महिलाहरुको लागि विशेष पर्वको रुपमा रहेको तीजमा दीदीबैनी, चेलीबेटी माइतीघरमा जम्मा भएर मिठा मिठा खानेकुरा खाने, आफना सुख दुखका कुराहरु साटासाट गर्ने, गित गाउने, नाच्ने गर्छन । यस पर्वलाई मेलमिलापको पर्व पनि भनिन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण