एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
हेल्थ टिभी अनलाइन : चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ। चिकित्सा शिक्षा आयोगले शुक्रबार नतिजा सार्वजनिक गरेको हो।
चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१ र ०५र१४ गतेको संयुक्त बैठकको निर्णयवाट योग्यताक्रमअनुसार प्रकाशन गरिएको हो । परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।
शैक्षिक सत्र २०८१र०८२ मा चिकित्सा शिक्षा स्नातक तह भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गते परीक्षा सञ्चालन गरिएको थियो। एकीकृत प्रवेश परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये योग्यताक्रमका आधारमा भर्ना पाउनेछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’