आँबुखैरेनी बस दुर्घटनाका १५ जना घाइतेको टिचिङ अस्पतालमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन : तनहुँको आँबुखैरेनी गाउँपालिका २ मा भएको बस दुर्घटनाका गम्भीर घाइते १५ जनालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।
उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो। उनीहरुलाई इमरजेन्सी वार्डमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए।
शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनामा १५ जनाको अचेत र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो।
बसमा ४३ जना यात्रु रहेको पुष्टि भएको छ। दुर्घटनामा फेला नपरेका यात्रुहरूको खोजि जारी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा