परिवारमा कसैलाई डेंगु भएको छ भने अन्य सदस्य कसरी जोगिने ?
हेल्थ टिभी अनलाइन : यदि परिवारमा कसैलाई डेंगु संक्रमण भएको छ भने अन्य सदस्यहरुमा पनि हुनसक्छ । त्यसैले अन्य सदस्यहरुलाई डेंगु सर्न नपाओस भन्नका लागि केही सावधानीहरु अनपाउन सकिन्छ ।
डेंगु संक्रमित लामखुटेटेको टोकाइबाट हुने रोग हो । त्यसैले पहिलो कुरा त डेंगु संक्रमितलाई लामखुट्टेले थप टोक्न नपाओस भनेर झुल भित्र मात्र सुत्न, आराम गर्न र बस्न लगाउने काम गर्नुपर्छ । यसैगरी संक्रमितको हेरचाहमा खटिने व्यक्तिले पनि पूरा बाहुला भएको लुगा लगाउनुपर्छ ताकी लामखुट्टेले टोक्न नपाओस । लामखुट्टे धपाउन धुप वा कोइल बालेर पनि लामखुट्टे धपाउन सकिन्छ । यसैगरी लामखुट्टेले जमेको पानीमा अण्डा पार्ने हुँदा आफनो वरपर पानी जम्न नदिने काम गर्नुपर्छ । यसैगरी घरभिज्ञ सजिलै लामखुट्टे पस्न नपाओस भनेर ढोका तथा झ्यालमा जाली राख्ने गर्नुपर्छ । यसो गर्ने हो भने धेरै हदसम्म लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ र लामखुट्टेको टोकाइबाट जोगिनु भनेको नै डेंगुबाट जोगिनु हो ।
डेंगु संक्रमण भएमा टाउको दुख्ने, थकाई लाग्ने, उच्च ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिन्छन्। यी लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर जँचाउनुपर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण