स्वास्थ्य मन्त्री पौडेलद्वारा अंगदानको घोषणा, सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र खोलिने

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अंगदान जीवनदान भन्ने सन्देश दिंदै आफूले अंगदान गर्ने घोषणा गरेका छन् ।
उनले विश्व अंगदान दिवसको अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा अंगदाताहरुलाई सम्मान गर्दै आफूले पनि अंगदान गर्ने घोषणा गरेका हुन् । उनले हालै आफूले अंगदानको महत्वलाई बुझेर कार्ययोजनामा पनि अंगदान सहज होस भनेर सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्रको उप केन्द्र खोल्ने कार्यक्रम अघि सारेको बताए । कार्यक्रममा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मरेपछि खेर जाने अंग दान गर्न कन्जुस्याइँ नगर्न सबैलाई आग्रह गरे ।
उनले एक जनाले ८ जनालाई अंगदान गरेर बचाउन सक्ने भन्दै सबैलाई अंगदान जस्तो पुन्य काममा लागिदिन र यसको महत्व बुझिदिन आग्रह गरे ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा