स्वास्थ्य मन्त्री पौडेलद्वारा अंगदानको घोषणा, सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र खोलिने
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अंगदान जीवनदान भन्ने सन्देश दिंदै आफूले अंगदान गर्ने घोषणा गरेका छन् ।
उनले विश्व अंगदान दिवसको अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा अंगदाताहरुलाई सम्मान गर्दै आफूले पनि अंगदान गर्ने घोषणा गरेका हुन् । उनले हालै आफूले अंगदानको महत्वलाई बुझेर कार्ययोजनामा पनि अंगदान सहज होस भनेर सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्रको उप केन्द्र खोल्ने कार्यक्रम अघि सारेको बताए । कार्यक्रममा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मरेपछि खेर जाने अंग दान गर्न कन्जुस्याइँ नगर्न सबैलाई आग्रह गरे ।
उनले एक जनाले ८ जनालाई अंगदान गरेर बचाउन सक्ने भन्दै सबैलाई अंगदान जस्तो पुन्य काममा लागिदिन र यसको महत्व बुझिदिन आग्रह गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण