Health TV Online
Health TV Online
Health TV Online

जथाभावी एन्टीबायोटिक लेख्ने डाक्टरलाई पनि प्रश्न गरौं : डा मिश्रा

जथाभावी एन्टीबायोटिक लेख्ने डाक्टरलाई पनि प्रश्न गरौं : डा मिश्रा

हेल्थ टिभी अनलाइन : स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्राले एन्टीबायोटिकको जथाभावी प्रयोगका विषयमा बिरामी स्वंय र धेरै अवस्थामा डाक्टर पनि दोषी हुने भन्दै अबदेखि मलाई किन एन्टीबायोटिक लेखिंदैछ भन्ने कुरा बुझेर बिरामीले डाक्टरलाई प्रश्न गर्ने बेला आएको बताएकी छिन् ।

गत साता हेल्थ टिभी अनलाइन तथा ग्लोबल एएमआर मिडिया अलायन्सको संयुक्त आयोजनामा भएको साउथ एशिया रिजनल मिडिया वर्कशप टु प्रिभेन्ट एन्टीमाइक्रोबियल रेसिस्टेन्समा बोल्दै डा मिश्राले नेपालमा एन्टीबायोटिकको जथाभावी प्रयोग बढ्दै गएको भन्दै यसमा सबैजना सजग नभए स्थिती भयावह हुने बताइन । यसै सन्दर्भमा उनले कतिपय बिरामीले फार्मेसीमा गएर सिधै एन्टीबायोटिक माग्ने गरेको त कतिपय अवस्थामा डाक्टरले पनि बिरामीको परीक्षण बिना र परीक्षणको रिपोर्ट आउनुअघि नै एन्टीबायोटिक दिने गरेको भन्दै यो गलत चलनलाई तोड्नपर्नेमा जोड दिइन ।

डा मिश्राले भनिन, ‘हुन त म आफै पनि डाक्टर हुँ, भन्न मिल्छ की मिल्दैन थाहा छैन, तर अब बिरामीहरु पनि सचेत हुनुस, आफूलाई डाक्टरले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टीबायोटिक लेखेका छन् भने मलाई किन एन्टीबायोटिक भन्ने प्रश्न गर्न थाल्नुस । यसले धेरै हदसम्म डाक्टरलाई पनि एन्टीबायोटिकको जथाभावी प्रयोगमा सचेत गराउँछ ।’

डा मिश्राले एन्टीबायोटिक बिरामीको कल्चर नगरी चलाउनु गलत रहेको भन्दै यसबारे मिडियाले पनि धेरै आवाज उठाउनुपर्ने बेला आएको जिकीर गरिन । उनले एन्टीबायोटिकको अनावश्यक, गलत तथा बढी प्रयोगले बिरामीमा हुन जाने जटिलताबारे स्कूल नर्सहरुलाई तालिम दिएर उनीहरुमार्फत स्कूलका बालबालिकामा सचेतना कक्षाहरु राख्न सके यसले धेरै नै फाइदा हुने र एन्टीबायोटिकका बारेमा विद्यालय उमेरदेखि नै बालबालिका सचेत हुने जनाइन ।

डा मिश्राले औषधि ऐन विपरित ओभर द काउन्टर बिना प्रेस्क्रीप्सन एन्टीबायोटिक बेच्ने फार्मेसीलाई पनि प्रश्न गर्नपर्ने र कारवाहीको दायरामा ल्याउनपर्नेमा जोड दिइन । उनले एन्टीबायोटिक आफूखुशी खाने औषधि होइन अनावश्क रुपमा खाएमा यसले उल्टो हानी गर्ने मात्र होइन मृत्यु समेत गराउँछ भन्ने कुरा सबैलाई बुझाउन मिडिया कभरेजहरु व्यापक हुनुपर्नेमा पनि जोड दिइन ।

उनले भनिन, ‘एन्टीबायोटिक चलाउनु हुन्न भन्ने होइन बिरामीलाई निको बनाउन एन्टीबायोटिक नै चाहिने अवस्था पनि हुन्छ तर सही बिरामीमा सही एन्टीबायोटिक सही परीक्षणपछि चलाएमा पछि त्यही एन्टीबायोटिकले बिरामीमा पछिसम्म पनि काम गर्ने हुन्छ । अन्यथा परेमा सोही एन्टीबायोटिकले उस्तै खालको समस्यामा पछि काम नगरेर जीवाणु औषधि भन्दा शक्तिशाली भइदिन्छ र एन्टीबायोटिकले काम गर्न सक्दैन । जसलाई मेडिकल भाषामा हामी एन्टीमाइक्रोबियल रेसिस्टेन्स भन्छौं ।’

एन्टीमाइक्रोबियल रेसिस्टेन्सलाई विश्व स्वास्थ्य संगठनले विश्वकै १० ग्लोबल पब्लिक हेल्थ थ्रेटको रुपमा लिएको छ । जसले रोगको उपचारमा जटिलता मात्र थपेको छैन् मृत्युदर पनि बढाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा