सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने बताएका छन्। आइतबार मन्त्री प्रदीप पौडेलले आफ्ना प्राथमिकताका विषय तथा कार्ययोजना सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन्। । उनले मानव अंग प्रत्यारोपण विषय सरकारको अत्यन्त प्राथमिकतामा रहेको र त्यसका लागि सबैको सहज होस भनेर सातै प्रदेशमा यसको सेवा विस्तार गर्ने जनाएका छन्।
मन्त्री पौडेलले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताए । उनले आफू मन्त्रालय आएको २७ दिन भएको र योबीच स्वास्थ्यका विविध क्षेत्र बुझ्न विज्ञहरुसँग छलफल र परामशए लिएको समेत जिकीर गरे ।
उनले धेरैतिरबाट आएका विज्ञका सुझावका आधारमा प्राथमिकताका विषयहरु तथा कार्ययोजना तयार पारेको बताए । उनले आफूले प्रस्तुत गरेका विषयवस्तु तथा कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनका लागि स्रोतको सुनिश्चितता आवश्यक रहेको भन्दै यसबारेमा प्रधानमन्त्री र अर्थ मन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको बताए ।
आफू स्वास्थ्यमन्न्त्री भएको एक महिना बित्नै लाग्दा कार्ययोजना अघि सारेका मन्त्री पौडेलले स्वास्थ्य बीमालाई ५ लाखसम्म पुराउनेदेखि गंगालाल अस्पतालको सेवा बिस्तारसम्मको योजना अघि सारेका छन्। उनले स्वास्थ्यकर्मी तथा चिकित्सकको कार्यदक्षताका आधारमा प्रोत्साहन भत्तामा वेृद्धि गरिने समेत उल्लेख गरेका छन्। यसैगरी मन्त्री पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सृद्धिकरण गरिने पनि बताएका छन्। उनले काठमाडौमा स्नायु रोग उपचार केन्द्र स्थापना गरिने पनि उल्लेख गरे ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’