Health TV Online
Health TV Online

हैजाका बिरामीको संख्या बढ्दै, सावधानी अपनाउन आग्रह

हैजाका बिरामीको संख्या बढ्दै, सावधानी अपनाउन आग्रह

हेल्थ टिभी अनलाइन :  देशभर हैजाका बिरामीको संख्या बढ्ने क्रममा छ । शनिबारसम्म देशभर हैजाका बिरामीका सङ्ख्या ४७ पुगिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएको महाशाखाले जनाएको छ । हालसम्म अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजाका बिरामी बढेसँगै पानी अनिवार्य उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन तथा खानेकुरामा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । हैजा दिसा मिसिएको दूषित पानी तथा बासी। सडेगलेका खानेकुराबाट हुने भएकाले वर्षाको बेलामा अझ बढी पानीमा ध्यान पुराउनपर्नेमा मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार