हैजाका बिरामीको संख्या बढ्दै, सावधानी अपनाउन आग्रह
हेल्थ टिभी अनलाइन : देशभर हैजाका बिरामीको संख्या बढ्ने क्रममा छ । शनिबारसम्म देशभर हैजाका बिरामीका सङ्ख्या ४७ पुगिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएको महाशाखाले जनाएको छ । हालसम्म अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजाका बिरामी बढेसँगै पानी अनिवार्य उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन तथा खानेकुरामा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । हैजा दिसा मिसिएको दूषित पानी तथा बासी। सडेगलेका खानेकुराबाट हुने भएकाले वर्षाको बेलामा अझ बढी पानीमा ध्यान पुराउनपर्नेमा मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण