Health TV Online
Health TV Online
Health TV Online

ललितपुरमा सबैभन्दा बढी हैजा संक्रमित

ललितपुरमा सबैभन्दा बढी हैजा संक्रमित

हेल्थ टिभी अनलाइन : देशभर २५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशभर हैजा संक्रमितको संख्या २५ पुगेको हो ।

हालसम्म ललितपुरमा सबैभन्दा बढी १६, काठमाडौंको टोखा नगरपालिकामा ८ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा संक्रमण देखिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हैजा फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयले पानी उमालेर पिउन तथा खानेकुरामा ध्यान दिन सबैलाई आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा