पोलियोको विशेष खोप अभियानको दोस्रो दिन, आज पनि ५ वर्ष मूनिका बालबालिकालाई पोलियो थोपा खुवाइँदै
हेल्थ टिभी अनलाइन : सरकारले वातावरणमा पोलियोको म्युटेट जीवाणु फेला परेपछि यही साउन ९ गतेदेखि ४ दिने विशेष खोप अभियान चलाएको छ । हिजोबाट सुरु भएको पोलियो खोप अभियान आज पनि जारी छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा यो अभियान सञ्चालन गरिएको हो । काठमाडौंको टुकुचा खोला र बागमती नदीको संगमस्थलबाट गत १३ जेठमा संकलन गरिएको ढलको नमूना परीक्षणका क्रममा म्युटेड पोलियो भाइरस देखा परेपछि तीन जिल्लामा विशेष खोप अभियान सञ्चालन गरिएको हो ।
यस विशेष अभियानमा जन्मेदखि ५ वर्ष मूनिका बालबालिकालाई थप पोलियो थोपा खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनले भने, पहिले पोलियो खोप लिइसकेको भए पनि बालबालिकालाई यो अभियानमा अनिवार्य थप खोपको रुपमा दिइनेछ । यो अभियान साउन १२ गतेसम्म सञ्चालन हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण