काठमाडौंको ढलमा भेटियो पोलियोको जीवाणु
हेल्थ टिभी अनलाइन : काठमाडौंको बागमती र टुकुचाको संगमबाट लिइएको ढलको नमुनामा पहिलोपटक पोलियोको जीवाणु फेला परेको छ ।
नियमित परीक्षण गर्ने क्रममा टुकुचा र बागमतीमा मिसिएको ढलमा पोलियोको जीवाणु फेला परेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन्। सन् २०१० यता नेपालमा पोलियोको केश देखिएको थिएन । देश पोलियो मुक्त घोषणा भएको भए पनि अहिले आएर वातावरणमा पोलियोको जीवाणु भेटिएपछि परिवार कल्याण महाशाखाले आज आकस्मिक पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।
सो कार्यक्रममा परिवार कल्याण महाशाखाका प्रमुख डा विवेक लालले जेठ १३ गते काठमाडौंको बागमती र टुकुचाको संगमबाट ढलको पानीको नमुना लिएर परीक्षणमा पठाइएकोमा उक्त नमुनामध्ये एउटा नमुनामा पोलियोको जीवाणु भेटिएको बताए । उनले भने, ‘यो व्यक्तिमा भेटिएको होइन, त्यसैले आत्तिहाल्नु पर्दैन । तर वातावरणमा यसको जीवाणु देखिँदा सतर्कता भने अपनाउनपर्ने भएको हो ।’
उता डा गौतमले जीवाणु म्युटेट भएर आएको देखिएकोले यो धेरैतिर फैलिन नपाओस भनेर तुरुन्त प्रभावित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा यही ९ गतेदेखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको पनि जानकारी दिए । यो अभियानमा ५ वर्ष मूनिका सबै बालबालिकालाई पोलियो खाप दिइनेछ । उनका अनुसार सरकारले सन् २०१७ देखि नियमित रुपमा यसरी ढलहरुबाट नमुना परीक्षण गर्दै आइरहेको थियो । उनले त्यसपछि लिइएका नमुनामा भने जीवाणु नभेटिएको पनि जनाए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण