Health TV Online
Health TV Online
Health TV Online

पोलियो मुक्त घोषणा भएको १० वर्षपछि काठमाडौंको ढलमा देखियो पोलियोको जीवाणु

विशेष खोप अभियान चलाउँदै सरकार

पोलियो मुक्त घोषणा भएको १० वर्षपछि काठमाडौंको ढलमा देखियो पोलियोको जीवाणु

हेल्थ टिभी अनलाइन : काठमाडौंकाे बागमती र टुकुचाको संगमबाट लिइएकाे ढलकाे नमुनामा पहिलाेपटक पोलियोको जीवाणु फेला परेको छ ।

नियमित परीक्षण गर्ने क्रममा टुकुचा र बागमतीमा मिसिएको ढलमा पोलियोको जीवाणु फेला परेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन्। सन् २०१० यता नेपालमा पोलियोकाे केश देखिएकाे थिएन ।  देश पोलियो मुक्त घोषणा भएको भए पनि अहिले आएर वातावरणमा पोलियोको जीवाणु भेटिएपछि परिवार कल्याण महाशाखाले आज आकस्मिक पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।

सो कार्यक्रममा परिवार कल्याण महाशाखाका प्रमुख डा विवेक लालले जेठ १३ गते काठमाडौंको बागमती र टुकुचाको संगमबाट ढलको पानीको नमुना लिएर परीक्षणमा पठाइएकोमा उक्त नमुनामध्ये एउटा नमुनामा पोलियोको जीवाणु भेटिएको बताए । उनले भने, ‘यो व्यक्तिमा भेटिएकाे होइन, त्यसैले आत्तिहाल्नु पर्दैन । तर वातावरणमा यसको जीवाणु देखिँदा सतर्कता भने अपनाउनपर्ने भएको हो ।’

उता डा गाैतमले जीवाणु म्युटेट भएर आएको देखिएकोले यो धेरैतिर फैलिन नपाओस भनेर तुरुन्त प्रभावित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा यही ९ गतेदेखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको पनि जानकारी दिए । यो अभियानमा ५ वर्ष मूनिका सबै बालबालिकालाई पोलियो खाप दिइनेछ । उनका अनुसार सरकारले सन् २०१७ देखि नियमित रुपमा यसरी ढलहरुबाट नमुना परीक्षण गर्दै आइरहेको थियो । उनले त्यसपछि  लिइएका नमुनामा भने जीवाणु नभेटिएको पनि जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा