अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
हेल्थ टिभी अनलाइन : चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेज मा उपचाररत एक बिरामी अस्पतालकै झ्यालबाट खसेर मृत्यु भएको छ।
पिसाब थैलीको क्यान्सर सम्बन्धी उपचारका लागि नवलपरासीको हुक्सेकोट गाउँपालिका २ का ७६ वर्षीय बलबहादुर खाम्चा बिहीबार अस्पतालमा भर्ना भएका थिए।
बुधबार बिहान १०: ४० बजे अस्पतालको ‘ए’ ब्लकको तेस्रो तल्लाको झ्यालबाट खसेका उनलाई तत्काल उपचारका लागि सोही अस्पतालको इमरजेन्सी कक्षमा पुर्याइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण