Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रोत्साहन भत्ता नपाएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा आन्दोलनको चेतावनी

प्रोत्साहन भत्ता नपाएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा आन्दोलनको चेतावनी

हेल्थ टिभी अनलाइन : डडेल्धुरा अस्पतालका चिकित्सकहरुले आफूहरुले प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले २४ घण्टाभित्र प्रोत्साहन भत्ता उपलब्ध नगराए सेवा दिन नसक्ने भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

बुधबार अस्पताल प्रमुखलाई पत्र लेख्दैं २५ जना चिकित्सकहरुले पहिले पहिले उपलब्ध गराइँदैं आएको प्रोत्साहन भत्ता आर्थिक वर्ष सकिन लाग्दा समेत उपलब्ध नगराएको गुनासो गरेका छन् । चिकित्सकहरुले २४ घण्टाभित्र माग सम्बोधन नभए अस्पतालको आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएका छन् ।

उनीहरुले आर्थिक वर्ष २०८०र८१ मा नेपाल सरकारले नै प्रोत्साहन भत्ताको बजेट छुट्याएको भएपनि एक वर्षदेखि आफूहरुले उक्त भत्ता नपाएका बताएका छन् । चिकित्सकहरुले यसले आफूहरुको मनोबलमा ठूलो असर परेको समेत बताएका छन् । चिकित्सकहरुले पत्रको बोधार्थ डडेल्धुरा अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, स्वास्थ्य सेवा विभाग टेकु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंलाई पठाएका छन्

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार