मनसुन सक्रिय रहेको समयमा डेंगु संक्रमण पनि उच्च
हेल्थ टिभी अनलाइन : नेपालमा यो वर्षको मनसुन सक्रिय भइसकेको छ । जब वर्षा हुन थाल्छ तब डेंगुको संक्रमण पनि उच्च हुने भन्दै सतर्क रहन विज्ञहरुले सल्लाह दिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले मनसुन सक्रिय रहेको समयमा डेंगु संक्रमण पनि उच्च हुने बताए। उनले यो वर्ष अलि ढिलो मनसुन सुरु भएको र अब डेंगु लागमखुट्टे पनि सक्रिय रहने बताएका हुन्। सामान्यतया जेठदेखि भदौसम्म ४ महिना डेंगुको उच्च जोखिम महिनाका रुपमा लिइने पनि उनले जानकारी दिए ।
नेपालमा २०२४ को जनवरी देखि हालसम्म ७३ जिल्लामा १ हजार ४३२ जनामा डेंगु पुष्टि भएको छ । यो वर्ष डेंगु संक्रमणबाट कसैको मृत्यु भने भएको छैन । दाहालका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । त्यसपछि कोशी, गण्डकी,लुम्बिनी, सुदुरपश्चिम, मधेश र कर्णाली प्रदेशमा संक्रमित पुष्टि भएको छ ।
डेंगु फैलाउने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्ने पर्छ र छिटो फैलिन्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै डेंगुबाट जोगिनु रहेको भन्दै आफनो कार्यालय तथा घर वरपर पानी जम्न नदिन र र लामखुट्टेको टोकाइबाट बच्न दाहालले सबैलाई आग्रह गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण