Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

खड्गी इन्स्टिच्युटमा एक वर्षकी बालिकाको मिर्गौला पत्थरीको सफल शल्यक्रिया

खड्गी इन्स्टिच्युटमा एक वर्षकी बालिकाको मिर्गौला पत्थरीको सफल शल्यक्रिया

ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीमा एक वर्षकी बालिकाको पत्थरीको सफल शल्यक्रिया भएको छ ।

सानो बच्चामा निकै चुनौतीपूर्ण मानिने शल्यक्रिया गर्ने चिकित्सक हुन खड्गी इन्स्टिच्युटका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिस्ट डा संजय खड्गी । डा खड्गीले बालिकाको मिनीपीसीएनएल विधिबाट शल्यक्रिया गरेका हुन् । बालिकाको शल्यक्रियाका बारेमा डा खड्गीले भने, ‘मिर्गौलाको पत्थरीको शल्यक्रिया सानो बच्चामा यसै पनि चुनौतीपूर्ण हुन्छ झन अहिले आएकी बालिकाको उमेर त एक वर्ष पनि पुगेको थिएन । त्यसैले चुनौतीपूर्ण भए पनि हामीले बच्चाको पत्थरी त निकाल्नैपर्छ भनेर सबै आवश्यक पर्ने तयारी गरेर शल्यक्रिया गर्यौं र सफल पनि भयो ।’

उनले सानो बच्चाको शरीरमा यसैपनि रगतको मात्रा कम हुने र शल्यक्रिया गर्ने क्रममा जटिलता आएर यदि रगत बढी गएमा निकै चुनौतीपूर्ण हुने सम्भावना हुने बताए । वयस्क व्यक्तिमा रगत बग्दा म्यानेज गर्न सकिन्छ तर सानो बच्चामा भने रिस्क हुन्छ तर त्यस्तो केही भएन शल्यक्रिया सफल भयो, डा खड्गीले थपे ।

उनले ३ \४ वर्षदेखि ८० \९० वर्ष सम्मका व्यक्तिको हजाराैं शल्यक्रिया आफूले गरेको भए पनि यसरी जम्मा एक वर्षको बच्चाको शल्यक्रिया गरेको भने यो दोस्रो भएको बताए । यसभन्दा अघि एक जना बालकको केही वर्ष अघि शल्यक्रिया गरिएको उनले जानकारी दिए । धनगढीकी उक्त बालिकाको मिर्गौलामा १२ एमएमको पत्थरी थियो । पत्थरीका कारण पेट दुख्ने, खानामा अरुचि हुने तथा कोखा दुख्ने समस्या लिएर बालिकाका बाबुआमा आफूकोमा आएको डा खड्गीले बताए ।

शल्यक्रिया पश्चात अहिले बालिकाको अवस्था सामान्य छ भने बिहिवार उनी डिस्चार्ज समेत भएको डा खड्गीले हेल्थ टिभी अनलाइनलाई जानकारी दिए । मिनीपीसीएनएल (बिना चिरफार)  मिर्गौलाको नजिक भागमा सानो प्याल बनाएर दुरविन मार्फत पत्थरी भित्रै फुटाएर बाहिर निकाल्ने शल्यक्रिया हो । जुन विश्वमै निकै सफल शल्यक्रिया प्रविधिमा गनिन्छ भने यो विधामा डा खड्गी अन्तराष्ट्रिय रुपमै प्रख्यात छन् । उनी यी विधा सिकाउन विदेशका कहलिएका अस्पताल तथा सम्मेलनहरुमा समेत नियमित जाने गर्छन ।

किन हुन्छ त सानो उमेरमै मिर्गौलामा पत्थरी ?

मिर्गौलामा पत्थरी हुने ८० प्रतिशत कारण मेटाबोलिक डिस्अर्डर हुने बताउँछन् डा खड्गी । यो भनेको आफनै शरीरको सिस्टमका कारण हुने हो । बाँकी २० प्रतिशत मात्र अन्य बाहिरी जीवनशैली, खानपान अन्य रोगका कारण हुने गर्छ । तर सानो उमेरमा मिर्गौलामा पत्थरी भने थोरैमा मात्र देखिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार