ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको २ दिने तालिम सम्पन्न

हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजना र मोहन फाउण्डेशन, भारतको प्राविधिक सहयोगमा यही असार १० गते भक्तपुरमा काठमाण्डौ उपत्यका भित्रका २१ अस्पतालका ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको लागि तालिम सम्पन्न भएको छ ।
तालिमको मुख्य प्रशिक्षकका रुपमा मोहन फाउण्डेसन भारतका पल्लभी कुमार र डा मोनित कौर साहीले दुई दिनसम्म विभिन्न प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षण दिएका थिए । उनीहरुले मस्तिष्क मृत्यु पश्चात अंगदान कार्यक्रम सफल बनाउनको लागि धैर्यता र निरन्तरताको आवश्यक पर्ने कुरामा जोड दिए । यसको लागि सबैले आ आप्mनो क्षेत्रवाट सहयोग गरेमा मात्र सफलता पाउन सकिने उनीहरुको भनाई थियो ।
तालिममा वीर अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, उपेन्द्र देवकोटा न्युरो अस्पताल, स्वास्थ्य अभियान नेपाल, नेपाल कोरियामैत्री अस्पताल, काठमाण्डौ मेडिकल कलेज, मध्यपुर अस्पताल, नेपाल मेडिसिटि अस्पताल, किष्ट अस्पताल, नेपाल मेडिकल कलेज, अन्नपुर्ण न्युरो अस्पताल, व्लुक्रस अस्पताल, ग्राण्डी इन्टरनेसनल अस्पताल, ग्रिन सिटी अस्पताल, वि एण्ड वि अस्पताल, अल्का अस्पताल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले आफू मरेपछि खरानी भएर जाने अंग अरुका लागि दान दिंदा १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने भन्दै सबैलाई अंग दान गर्न आग्रह गरे । उनले भने, हामी सबैले आआफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै नेपालमा पनि ८० प्रतिशत मस्तिष्क मृत्यूबाट प्रत्यारोपण सम्भव हुन सक्छ । अंग नपाएर प्रत्यारोपण बाट बञ्चित भै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने कुरा समेत डा श्रेष्ठले बताए ।
अंगदान र प्रत्यारोपण कार्यक्रमलाई विस्तार गर्नको लागि समन्वय इकाईले प्रत्येक सोमवार अंग प्रत्यारोपण र अंगदान हुन सक्ने अस्पतालमा जनचेतना अभिवृद्धी गर्नका लागि परार्मसको लागि जाने गरेको र आवश्यकता अनुसार सहयोग र सहकार्यका लागि तत्पर रहेको कुरा प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट तथा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण समितिका अध्यक्ष डा कल्पना श्रेष्ठले बताइन । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको अंग प्रत्यारोपण समन्वय इकाईले मस्तिष्क मृत्युवाट हुने अंगदान र प्रत्यारोपण सम्बन्धी कार्यमा समन्वयकारी भुमिका खेल्ने गरेको छ ।
व्लुक्रस अस्पतालका निर्देशक डा. प्रज्जवल श्रेष्ठले विरामीको परिवारमा अंगदान सम्बन्धी जनचेतनाको अभावले अंगदान गर्न नचाहने, बुझाई सके पछि पनि आर्थिक माग गर्ने गरेको र अस्पतालले कानुनी समस्या आउन सक्ने कारण देखाई मस्तिष्क मुत्युको वारेमा विरामीलाई बुझाउन नखोज्ने र समन्वय इकाईमा जानकारी नदिने गरेको हुँदा जनचेतनलाई प्रभावकारी बनाउनु पर्ने र आफु स्वयम र आफ्नो अस्पतालले यस कार्यमा सहयोग गर्ने बताए । सहभागिहरुको तर्फवाट ग्राण्डी अस्पतालकी कोर्डिनेटर पुनम शाक्यले यस तालिमले आँफ्नो क्षमतामा अभिबृद्धी भएको र आगामी दिनमा अझ सक्रिय बताइन ।
मस्तिष्क मृत्यूबाट हुने मृगौला विरतणलाई पारदर्शी बनाउन नेपाल सरकारले चारवटा मापदण्ड बनाएको छ । पहिलो मापदण्डमा सबैभन्दा बढी प्रतिक्षा सूचीमा रहेको वा लामो समयसम्म डाइलाइसिसमा रहेका विरामी, दोस्रो मापदण्डमा मृगौला दाता र ग्रहणकर्ता बीच म्याचिङ्ग राम्रो भएको, तेस्रो मापदण्डमा अंगदाता र अंग ग्रहणकर्ताको उमेर जति कम भयो त्यति धेरै अंक पाउने र चौथो मापदण्डमा महिलालाई ३ गुण बढी अंक दिएको छ, जुन व्यवस्था नेपालमा मात्र छ ।
यस्ता किसिमका तालिमहरु अझ विस्तार गरी देश व्यापी वनाउनु पर्ने र मस्तिष्क मृत्युवाट हुने अंग प्रत्यारोपणलाई नियमित बनाउन सकेमात्र सम्पुर्ण अंग फेल भएका विरामीहरुलाई राहत मिल्न सक्ने निश्क्रस सहित कार्यक्रम सम्पन्न भएको थियो ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा