Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार न्यौपानेलाई

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार न्यौपानेलाई

हेल्थ टिभी अनलाइन :  सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने पुरस्कृत भएका छन् ।

बरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा खोलिएको शारदा सुदर्शन देवकोटा फाउन्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ रहेको छ ।

काठमाडौँमा शनिबार आयोजित विशेष समारोहमा न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, फाउण्डेशनका अध्यक्ष डा. सुधा देवकोटा र मञ्चका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै कोशीका पूर्व मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रका लागि स्वास्थ्य पत्रकारिताको विशेष महत्व रहेको चर्चा गर्दै पत्रकारहरुले यसलाई बुझेर अघि बढ्न सुझाव दिए । उनले एक जना चिकित्सकले गल्ती गर्दा एक जना बिरामीलाई असर गर्ने तर एक जना स्वास्थ्य पत्रकारले एउटा बाक्यमा गल्ती गर्दा लाखौं करोडौँलाई असर गर्न सक्ने भन्दै सम्वेदनशील हुन आग्रह समेत गरे ।

उनले शारदा सुदर्शन देवकोटा फाउण्डेशनले स्वास्थ्य पत्रकारहरुलाई सम्मान गर्ने थालनी गरेकोमा खुशी व्यक्त गर्दै यसले पत्रकारहरुलाई प्रोत्साहन तथा सकारात्मक उर्जा प्रदान गर्न मद्धत मिल्ने बताए ।

कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष डा. देवकोटाले आफ्नो बुवा पत्रकार रहेको र पत्रकारिता सम्मानित पेशा हो भन्ने आफूहरुलाई बुझाएको भन्दै बुबाको सम्झनामा मञ्चसंग जोडिएको बताईन् । ‘

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्यमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने कार्यमा फाउण्डेशनँंग सहकार्य गरेको भन्दै भविस्यमा यसको दायरा अझ फराकिलो बनाई अघि बढ्ने बताए । यसैगरी कार्यक्रममा पुरस्कृत पत्रकार न्यौपानेले सम्मान तथा पुरस्कारले पत्रकारहरुमा थप हौसला र उत्प्रेरणा जाग्ने भन्दै आफूलाई छनौट गरेकोमा आयोजक प्रति आभार व्यक्त गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार