क्यान्सर सचेतनाका लागि ‘फ्ल्यास मुभ’
हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले क्यान्सरबारे सचेतना जगाउन ‘फ्ल्यास मुभ’ कार्यक्रमको आयोजना गरेको छ ।
क्यान्सर सुरुकै अवस्थामा पत्ता लागेर उपचार गरेमा निको हुन्छ भन्ने सन्देश दिन अस्पतालले उक्त कार्यक्रमको आयोजना गरेको हो । शुक्रबार ललितपुरको लबिम मलमा अस्पतालका कर्मचारी, नर्स तथा चिकित्सकहरुले फ्ल्यास मुभ प्रस्तुत गरेका थिए ।
अस्पतालले आफनो सातौं वार्षिकोत्सवको अवसर पारेर विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
नेपाल क्यान्सर अस्पतालमा प्रभु बैंकका कर्मचारीले उपचारमा छुट पाउने
नेपालगंजमा विद्यालयका किशोरीहरुको नि:शुल्क रक्त परीक्षण
ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको २ दिने तालिम सम्पन्न
डा किरणराज शर्माको ६५ वर्षको उमेरमा निधन
कस्ता हुन्छन मानसिक समस्याका जटिलता ?