जटिल शल्यक्रिया सफल
झापा : छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसँग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक बिरामीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सफल उपचार भएको छ।
पाँचथरको भारपामा भएको सवारी दुर्घटनामा परी गत असोज १४ गते अस्पताल भर्ना भएकी भारपा–७ पाँचथर निवासी ४९ वर्षीया टेकरानी आङ्वोको सफल उपचार गरेको अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
‘छातीको करङ नै भाँचिएर डायफ्राम नै च्यातिँदै कलेजो फोक्सोसँग टाँसिदा उपचार गर्न अत्यन्तै जटिल हुन्छ’, उपचारमा संलग्न चिकित्सक डा. वासुदेव बाँस्कोटाले भने, ‘यस्तो अवस्था र उपचार अत्यन्तै दुर्लभ हुने गरेको छ।’ आङ्बोलाई उपचारका लागि अस्पताल ल्याई पुर्याउँदा अवस्था ज्यादै जटिल रहेकाे उनले बताए।
चार जना विशेषज्ञ चिकित्सकको टिमले तीन घण्टा लामो शल्यक्रियापछि आङ्बोको च्यातिएको डायफ्राम र कलेजो तथा फोक्सोलाई ठीक ठाउँमा राखिएको अर्का चिकित्सक सन्देश दाहालले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण