६ जनाले पाए स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा उत्कृष्ट योगदान पुराएकाे भन्दै व्यक्तिगत तथा संस्थागत गरी ६ जनालाई स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरेको छ ।
आज विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर मन्त्रालयले पुरस्कार वितरण गरेको हो । यसरी पुरस्कृत हुनेहरुमा व्यक्तिगततर्फ स्वास्थ्य खबरका डीबी खड्का, नेपाल हेल्थ प्रेसका अतुल मिश्र तथा नेपाल टेलिभिजनकी निता सापकोटा रहेका छन् ।
यसैगरी कानुन कार्यन्वयतर्फ गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव डा विनोदविन्दु शर्मा र यसअघि लामो समय राष्ट्रिय स्वास्थ्य सूचना तथा संचार केन्द्रका निर्देशक समेत रहेका र हाल किटजन्य रोग नियन्त्रण प्रयोगशाला हेटौडाका प्रमुख सुनिल शर्मा पनि पुरस्कृत भएका छन् ।
संस्थागततर्फ भने यस वर्ष हेल्थ नेपाल मिडिया प्रालि (हेल्थ आवाज) ले पुरस्कार पाएको छ । हेल्थ नेपाल मिडियाका भिषा काफ्ले र टिमलाई उक्त पुरस्कार दिइएको हो ।
नेपालमा सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमुलक चित्र सहितको सन्देश राख्ने प्रतिवद्दता जनाएपछि सन् २०१५ मा नेपालले एक लाख अमेरिकी डलर करिब १ करोड नेपाली रुपैयाँ राशिको ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्राप्त गरेको थियो। साे रकमलाई स्वास्थ्य मन्त्रालयले अक्षय कोष बनाएर त्यसबाट प्राप्त हुने ब्याज रकम सुर्तीजन्य पदार्थ विरुद्दको अभियानमा योगदान गरेका व्यक्ति र संस्थालाई दिने निर्णय गरेको थियो। सोही बमोजिम उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’