४७ औं क्यान्सर सर्भाइभर मिट सम्पन्न
हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा ४७ औं क्यान्सर सर्भाइभर मिट सम्पन्न भएको छ ।
क्यान्सरबाट मृत्यु भएका रुजेन पासाछेनको स्मृतिमा उनको जन्मदिन पारेर यो सर्भाइभर मिटको आयोजना गरिएको हो । कार्यक्रममा आयोजक संस्था नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सर लाग्दैमा आत्तिन नहुने भन्दै समयमै उपचार र बिरामीलाई सबैको साथका्े आवश्यकता हुने बताइन । यसैगरी अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले क्यान्सरको समयमै उपचारमा जोड दिएका थिए ।
कार्यक्रममा रुजेनका दाईले आफनो भाइलाई सम्झँदै अस्पतालले गरेको सहयोगका लागि धन्यवाद दिए ।
क्यान्सरको उपचारमा रहेका एक जना बिरामीकी आमा जमुना महर्जनलाई उपचारका लागि सहयोगी हातहरुको तर्फबाट छाेराकाे उपचारका लागि रुजेनका परिवारले २५ हजार रुपैयाँ सहयोग गरेकाे थियो । उक्त रकम उपचारका लागि सहयोगी हातहरुकी अध्यक्ष स्वरुपा श्रेष्ठले हस्तान्तरण गरेकी थिइन ।
यसैगरी रुजेनको परिवारले क्यान्सरको उपचारमा रहेका शान्तलाल श्रेष्ठलाई पनि १० हजार रुपैयाँ सहयोग गरेको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’