चिकित्सक लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण
हेल्थ टिभी अनलाइन : नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ।
गत सोमबारदेखि सञ्चालित परीक्षामा ५४ दशमलब ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार एमबीबीएसतर्फ १ हजार ३५६ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये ७ सय ५१ जना ५५ दशमलब ३८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई जनाको नतिजा भने विथेल्डमा राखिएको छ।
बीडीएसतर्फ २९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१ दशमलब १७ प्रतिशत) उत्तीर्ण भएका छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’