तातो हावा तथा लु लाग्दाका लक्षणहरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशका सबै भागमा गर्मी असाध्यै बढेको छ । अझ तराईमा त तातो हावा तथा लु ले जनजीवन प्रभावित गर्न थालेको छ । तातो हावा तथा लु लाग्दा यसप्रकारका असरहरु देखिने गर्छन ।
१. ह्दयको गति तीब्र हुने
२. श्वासप्रस्वास र रक्तचाप कम हुने
३. शरीरबाट पसिना ननिस्कने
४. टाउको अत्यधिक दुख्ने
५. चक्कर लाग्ने, अचेत हुने
६. शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने
७. छाला सुख्खा, रातो र तातो हुने
गर्मीमा आफनो स्वास्थ्यको अझ बढी ख्याल गर्नुपर्ने हुन्छ । माथि उल्लेखित लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न जरुरी हुन्छ । यसबाट जोगिनका लागि सकेसम्म दिउँसोको समयमा घरबाट बाहिर निस्कन हुँदैन्। यसैगरी केही गरेर बाहिर निस्कनै परेमा छाताको प्रयोग गर्ने तथा पातलो कपडा टाउकोमा राखेको राम्रो ।
बढी गर्मी हुने हुँदा प्रसस्त पानी तथा फलफूलको जुस पिउने, चिसो पानीले बिहान बेलुका नुहाउने गर्नुपर्छ । बढी गुलिया पेयपदर्था चिया, कफी सकेसम्म नपिउने वा कम गर्ने गर्नु यो बेला उत्तम मानिन्छ । यो बेला खेतबारीको कामको पनि चटारो हुनेगर्छ । यस्ता काम सकेसम्म बिहान र बेलुकामा गर्दा तातो हावाले असर गर्न पाउँदैन ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’