लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त

हेल्थ टिभी अनलाइन : लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा बासुदेव उपाध्यायले पाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए । लुम्बिनीका यसअघिका स्वास्थ्य सचिव डा जनार्दन पन्थीलाई मन्त्रालयमा बोलाइएको छ ।
यसैगरी कोशी प्रदेशको स्वास्थ्य सचिवमा राधिका थपलियालाई पठाइएको छ । यसअघिकी स्वास्थ्य सचिप डा सुधा देवकोटालाई मन्त्रालय बोलाइएको छ ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने