Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त

हेल्थ टिभी अनलाइन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन्। जनता समाजवादी पार्टीका सचिव यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री यादवले सोमबार नै राष्ट्रपति कार्यालयमा मन्त्रीको सपथ खाएका छन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो। उक्त पदमा अशोक राई नेतृत्वको जसपाका सांसद प्रदीप यादव मन्त्रीमा नियुक्त भएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा