रुघाखोकी लागेको वा घाँटी दुखेको छ? नखानुस् यी खानेकुरा

काठमाडौं : कात्तिकको मध्य हुँदै गर्दा विस्तारै चिसो बढ्दैछ। खानपान र जीवनशैली ठीक तरिकाले गर्न नजान्दा चिसोले विभिन्न समस्या निम्त्याउँछ। विशेषगरी रूघाखाेकी, ज्वराे, घाँटी दुख्ने जस्ता समस्याले सताउँछन्। त्यसैले रुघाखोकी लागेको वा घाँटी दुखेको वेला खान नहुने खानेकुराको बारेमा चर्चा गर्दैछौँ।
सुख्खा आँपको धुलो– सुख्खा आँपको धुलो खाना स्वादिष्ट बनाउन प्रयोग गरिन्छ। घाँटी दुखेको बेला खाँदा यसले अझ बढी दुखाउँछ।
चाट मसाला– चाट मसाला फलफूल चाटमा बढी मिसाइन्छ। यस्मा आँपको धुलोको मात्रा हुने भएकोले यो घाँटीको लागि खराब हुन्छ।
दही– फ्लुले संक्रमित भएको बेलामा दही खाँदा बिगार गर्छ। यसले छातीमा जमेको कफलाई बाक्लो बनाउँछ।
दूध र पनिर– दूध र पनिरमा क्याल्सियम र अन्य महत्त्वपूर्ण भिटामिन र मिनेरल भएपनि रुधा खोकी लागेको र घाँटी दुखेको बेला खान हुँदैन। यसले ‘म्युकस मेम्ब्रेन’लाई खराब गर्छ र सुनिन्छ।
अमिलो फलफूल– सुन्तला, कागती, जुनार जस्ता अमिलोयुक्त फलफूलले रुघा खोकी लागेको र घाँटी दुखेको बेला दुखाइ बढाउने भएकोले यस्तो बेलामा अमिलोयुक्त फलफूल खान हुँदैन।
तारेको खाना– तारेको आलु, तातो पुरी र अन्य धेरै तेलमा तारेको खानाले घाँटीमा घर्षण हुन्छ र पच्न पनि गाह्रो हुन्छ जस्ले गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति कम गर्छ। रोगसँग लड्ने शक्ति कम हुदाँ रुघाखोकी निको हुन समय लाग्छ।
इमलीको धुलो– इमलीको धुलो विभिन्न खानामा प्रयोग गरिन्छ। घाँटी दुखेको बेलामा इमलीको धुलो र जुस, दुवै खान हुँदैन।
अनारदानाको धुलो– अनारको दानाबाट बनेको धुलो चकलेट र अन्य खानामा प्रयोग गरिन्छ र जाडोको बेलामा यस्को प्रयोगले घाँटी दुख्ने सम्भावना प्रबल रहन्छ।
एजेन्सी
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्