स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
हेल्थ टिभी अनलाइन : उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।
सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनले राजीनामा बुझाएका हुन्। अहिलेको बदलिएको परिस्थिती अनुसार आफूले सरकार छाड्न उचित लागेर पदबाट राजिनामा दिएको उनले जनाएका छन्। यादवसँगै उनको पार्टीबाट सरकारमा रहेका वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादव गत २७ फागुनमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा नियुक्त भएका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’