कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
हेल्थ टिभी अनलाइन : कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कम्युनिटी मेन्टल हेल्थ सामुदायिक मानसिक स्वास्थ्य अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो । प्रतिष्ठान र अमेरिकास्थित Massachusetts General Hospital (म्यासाच्युसेट्स जनरल हस्पिटल) को साइक्याट्रिक विभागको मुख्य आयोजनामा यही वैशाख २२ र २३ गते सम्मेलन हुने भएको हो ।
सो सम्मेलनका बारेमा जानकारी दिंदै प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले कर्णालीमै पहिलोपटक सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुन लागेको र यसको तयारी पुरा भएको बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल एक जना पनि मनोचिकित्सक नभएको र त्यहाँ मनोचिकित्सक लैजान समेत कठिन भइरहेको बेलामा हुन लागेको यो सम्मेलनले आफूहरुलाई निकै सहयोग पुराउने विश्वास लिएको बताए । उपकुलपति डा रावलले कर्णालीमा समग्र स्वास्थ्य अवस्था, दुर्गम क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई प्रत्यक्ष बुझ्न र अध्ययन गर्न पनि जुम्लामा हुने यो सम्मेलनमा जान देश तथा विदेशका मनोचिकित्सक तथा अन्य चिकित्सक, विद्यार्थीको चासो रहेको बताए ।
अमेरिकाको म्यासाच्युसेट्स जनरल हस्पिटलको साइक्याट्रिक विभागमा कार्यरत नेपाली मनोचिकित्सक डा श्रीधर पौडेलले काठमाडौंमा मात्र मानसिक स्वास्थ्यको छलफल गरेर हुँदैन भन्दै यसको बारेमा सबैतिर छलफल हुन आवश्यक छ भन्ने ठानेर यसपटक जुम्लामा कार्यक्रम गर्ने निधो गरिएको बताए । उनले भने, ‘काठमाडौंमा त धेरै नै मनोचिकित्सकहरु हुनुहुन्छ तर कर्णाली स्वास्थ्य प्रतिष्ठानमा एकजना पनि मनोचिकित्सक नभएकाले यसको महत्व बुझाउन पनि कर्णालीमा सम्मेलन गर्न लागिएको हो ।’ उनले सम्मेलनमा मानसिक स्वास्थ्यमा रुचि राख्ने र सिक्न र छलफल गर्न खोज्ने २ सय जना सहभागी हुने पनि जानकारी दिए ।
छोटो समयमै आव्हान गर्दा पनि सम्मेलनमा ५० वटा पेपर प्रस्तुतीस्करणका लागि आएका र ४६ वटा पेपर छनौटमा परेको समेत जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण