कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
हेल्थ टिभी अनलाइन : कान्ति बाल अस्पतालले ठूलो संख्यामा चिकित्सक तथा नर्सको माग गरेको छ ।
मंगलबार अस्पताललले एक विज्ञापन प्रकाशित गर्दै १९ मेडिकल अधिकृत २४ स्टाफ नर्स र एक जना नर्सिन अधिकृत सहित ४४ जना स्वास्थ्यकर्मी माग गरेको हो । अस्पतालले आठौं तहका मेडिकल अधिकृत १९ जना, सातौ तहका नर्सिङ अधिकृत १ जना र पाँचौ तहका स्टाफ नर्स २४ जना माग गरेको हो ।
अस्पतालले करार सेवामा रिक्त रहेको पदपूर्तिका लागि उक्त जनशक्ति माग गरेको जनाएको छ । दरखास्त दिन इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनुपर्ने अस्पतालले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण