आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
हेल्थ टिभी अनलाइन : आजदेखि सरकारले सात वटा जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउँदैछ । सात जिल्लाका ५० लाख ७८ हजार जनालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो ।
झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए। हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भइसकेको र १३ जिल्ला रोगमुक्त भइसकेको पनि उनले जानकारी दिए ।
उनले अहिले औषधि खुवाउन लागिएका सात जिल्लामा भने यसअघि चलाइएका अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताए ।
हात्तिपाइले विरुद्ध खुवाइने तीन प्रकारका औषधि पूर्ण रुपमा सुरक्षित रहेको र धेरै देशहरुले प्रयोग गर्दै आइरहेको भन्दै औषधि सेवन गरेर यो रोगबाट बच्न स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्राले सबैलाई आग्रह गरेकी छिन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’