स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल तथा प्रतिष्ठानमा काम गर्ने डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमै निजी अस्पतालमा बिरामी जाँच गर्ने र सो संस्थाको विज्ञापन समेत गरेको पाइएको भन्दै आपत्ति जनाएको छ ।
मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले आज एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल, प्रतिष्ठान, केन्द्रमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमै निजी अस्पताल तथा क्लिनिकमा बिरामी जाँच गर्ने गरेको पाइएमा र सोबारेमा विज्ञापन गरेको पाइएमा कडा कारवाही गर्ने जनाएका छन् । विज्ञप्तिमा सरकारी अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमै निजीमा काम गर्ने मात्र नभएर सोकोबारेमा विज्ञापन गरी विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रसारण समेत गरेको व्यापक गुनासो आएको र त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ ।
उनले जारी गरेको विज्ञिप्तमा भनिएको छ, ‘आगामी दिनमा सरकारी डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले यस्तो गरेको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ , नेपाल स्वास्थ्य नियमावली २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानुन बमोजिम कारवाही गरिने छ ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण