राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मंगलबार आफनो १२ वर्ष मनाइरहँदा १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पतालमा वाषिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्थापनाको १२ वर्षमा आफूहरुले १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको बताएका हुन्।
उनले केन्द्रमा भौतिक पूर्वाधारकाे समस्या हुँदाहुँदै पनि प्रत्यारोपणको काम नरोकिएको जिकीर गरे । उनले यहीवीच २३ जनाको कलेजो प्रत्यारोपण गरेको पनि जानकारी दिए ।
यसैगरी कार्यक्रममा भक्तपुरका माननीयद्वय प्रेम सुवाल र दुर्लब थापाले मानब अंग प्रत्यारोपण केन्द्रको विकास र विस्तारमा आफू सधैँ प्रतिवद्ध रहेको र केन्द्रको लागि आवश्यक जग्गा तथा भौतिक पूर्वाधार लगायतका विषयमा सदन र सरकारमा आवाज उठाउने समेत प्रतिवद्धता जनाए ।
केन्द्रले २०८० बैशाख देखि चैत्र मसान्त सम्म १८४ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको जनाइएको छ ।उक्त कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रोशनी कुमारी श्रेष्ठले शुभकामना मन्तव्यका क्रममा केन्द्रले उत्कृष्ट सेवा प्रदान गरिरहेको र आगामी दिनमा पनि अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने विस्वास व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले प्रत्यारोपण क्षेत्रमा स्थापनाको १२ वर्षमा नै यति ठूलो प्रगति गरेको भन्दै प्रशंसा गरे । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कस्तो सहयोग चाहिनछ गर्न तयार रहेको समेत बताए ।
कार्यक्रममा केन्द्रमा कार्यरत कर्मचारीहरु मध्ये २०८० सालमा उत्कृष्ट सेवा गरे बापत सिनियर रजिष्ट्रार युरोलोजिष्ट तथा मृर्गौला प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठलाई सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने