१० मध्ये ९ व्यक्ति प्रदूषित हावामा सास फेर्छन्, प्रदूषणले बर्सेनि ७० लाखकाे मृत्यु
विश्वभर प्रदूषण बढ्दो छ। हामीले प्रयोग गर्ने इन्धनले विश्वको तापक्रम बढाउने क्रम पनि जारी छ। विश्वभर आधाजसो राष्ट्रमा सफा इन्धन र प्रविधिको कमी छ। हामीले सास लिने हावा दिनहुँ प्रदूषित हुँदैछ।
१० मध्ये ९ व्यक्ति प्रदूषित हावामा सास फेर्छन् जसले गर्दा वर्षमा ७० लाख व्यक्तिको मृत्यु हुने गरेको छ। वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असर घातक हुन्छ। विश्वभर फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोगको एक तिहाइ बिरामी हावाको प्रदूषणले हुने गर्छ।
हावामा धुलो देखिँदैन भन्दैमा हावा स्वस्थ छ भन्न सकिँदैन। वायु प्रदूषण दुई किसिमको हुन्छ– बाहिरी प्रदूषण र भित्री प्रदूषण(घर भित्र हुने) जुन कोइला, दाउरा, मट्टितेल आदिले हुन्छ। बाहिरी र भित्री प्रदूषणले एक अर्कालाई फैलिन मद्दत पुर्याइराखेको हुन्छ।
घरभित्र हुने वायु प्रदूषणले अफ्रिका र एसियाली राष्ट्रमा वर्षमा ४० लाख व्यक्तिको ज्यान लिने गरेको छ जहाँ खाना पकाउन, घर तातो बनाउन प्रदूषण हुने इन्धन र प्रविधिको प्रयोग हुन्छ।
प्रदूषण गर्ने मुख्य कारकहरु इन्धन जलेर निस्केका धुलो, सडकबाट निस्कने ‘नाइट्रोजन डाइअक्साइड’, जनावरको गोबर बलेर निस्कने ‘सल्फर डाइअक्साइड’, जमिनको स्तरमा रहेको ‘ओजोन’हरू हो।
मानव स्वास्थ्य र वातावरण दुवैलाई वायु प्रदूषणले जलवायु परिवर्तन गरी असर पार्छ। यसलाई नियन्त्रण गर्न सकिएन भने अबको २० वर्षमा हाम्रो वातावरणमा पर्ने असर भयावह हुन्छ।
एजेन्सी





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण