काठमाडाैंलगायत देशभर चिसाे बढ्याे
काठमाडौं : उपत्यकासहित देशभर चिसो बढेको छ। दशैँ अघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दशैँलगत्तै तापक्रम घटेको छ।
आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.० डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ।
यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ। महाशाखाले काठमाडौंको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ। केही दिनयता उपत्यकासहित देशभरको तापक्रम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलब सात र अधिकतम तापक्रम १९.६ डिग्री सेल्सियस छ। वीरेन्द्रनगरको न्यूनतम तापक्रम ९.७ र अधिकम तापक्रम २९.० डिग्री मापन गरिएको छ।
त्यस्तै सिमराको न्यूनतम तापक्रम १४.० र अधिकतम तापक्रम ३३ .५ डिग्री सेल्सियस छ। दाङको न्यूनतम तापक्रम भने ११.५ डिग्री र अधिकतम तापक्रम २९.४डिग्री सेल्सियस मापन गएिको छ। धनकुटाको न्यूनतम तापक्रम २६.१ र अधिकतम तापक्रम १२.८ डिग्री सेल्सियस रहेको छ।
पोखराको न्यूनतम तापक्रम २६.५ र अधिकतम तापक्रम १२.२डिग्री सेल्सियस छ। केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ।
आइतबार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम शून्य दशमलव सात डिग्री र सबैभन्दा बढी विराटनगरमा १८.०डिग्री र अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस छ।
चिसाे बढिरहेकाले सावधानी अपनाउन चिकित्सकहरूले अाग्रह गरेका छन्। विशेषगरी वृद्धवृद्धा र बालबालिका याे समयमा बढी प्रभावित हुने उनीहरू बताउँछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’